२३ जेठ २०८३, शनिबार

नेपाल आइडलले किन दियो टप 4 का प्रतियोगीलाई हटाउने चेतावनी ?

कात्तिक २०, २०७४
नेपाल आइडलले किन  दियो टप 4 का  प्रतियोगीलाई  हटाउने चेतावनी  ?

काठमाडौं, १५ भदौ – नेपाल आइडलले उत्कृष्ट ४ मा पुगेका प्रतियोगीलाई नेपाल आइडलको नियम पालना नगरेमा प्रतियोगिताबाटै हटाउने चेतावनी दिएको छ ।

नेपाल आइडल अहिलेको निकै चर्चित रियालीटी सो हो । नेपाल आइडलको लोकप्रीयता हरेक दिन बढिरहेको छ । नेपाल आइडल सबै नेपालीको साझा प्रतियोगिता भएकोले यसलाई जात र धर्मका आधारमा सिमित गर्न खोजिएमा प्रतियोगीलाई प्रतियोगिताबाटै हटाउने चेतावनी नेपाल आइडलले दिएको हो ।

नेपाल आइडलले आफ्नो फेसबुक पेजमा लेख्दै जात र धर्मका आधारमा प्रतियोगिताको दुष्प्रचार नगर्न आग्रह गरेको छ । नेपाल आइडलले प्रतियोगि र प्रतियोगिका आफन्तले दुष्प्रचार गरेमा दाबेदारीनै खारेज हुन सक्ने बताएको छ ।
केही दिन अघि नेपाल आइडलका गेष्ट जज रामकृष्ण ढकालले आफूलाई निशान भट्टराई मन परेको बताएका थिए  । त्यसपछि सामाजिक सञ्जालहरुमा जातियताको आधारमा ढकालले भट्टराईको प्रचार गरेको भनेर हल्ला भएको थियो ।

त्यसपछि यो विषयमा नेपाल आइडलले आफ्नो ध्यानआकर्षण भएको जनाएको हो ।
अहिले नेपाल आइडलमा उत्कृष्ट चार जना मात्रै बाँकी छन् । नेपाल आइडलले विवाद झिक्ने प्रतियोगितालाई उत्कृष्ट चारबाट हटाइदिने धम्की दिएको हो ।

नेपाल आइडलले फेसबुकमा यस्तो लेखेको छ –

Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगि वा प्रतियाेगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दावेदारी खारेज हुनसक्छ । यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ? भोटिगं विशुद्ध हुन्छ, त्यहि नै यो शोको सुन्दरता हो । कसैको सनक वा अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd. ले नेपालका लागि भनेर यसको फरमेट र तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शो लाई विवादित बनाउँदै जाँदा यदि नेपाल अाईडलको कुनै प्रतियोगिलाई असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल अामाका यी उत्कृष्ट सन्ततीहरुको पीडाको भागीदार को बन्ने ? त्यसैले शो को मजा लिअौं, मन पर्नेलाई भाेट गरौ, जिताअौं, नेपाल अाईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाअौ । AP1 र नेपाल अाईडलका लागि सबै प्रतियोगि एकसमान छन् र रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्