२६ जेठ २०८३, मंगलबार

शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ– माधव नेपाल

शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ– माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्न सक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले मानव जातिका लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए ।

उनले अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरू दान गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्न सक्छ । आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले सो अवसरमा उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिल समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्