२४ जेठ २०८३, आइतबार

चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्र बनाएपछि बच्नका लागि अमेरिकाले थाल्यो अन्तरिक्षमा तयारी

चैत २०, २०७९
चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्र बनाएपछि बच्नका लागि अमेरिकाले थाल्यो अन्तरिक्षमा तयारी

अमेरिकाले हाइपरसोनिक क्षेप्यास्त्रहरूबाट बच्नका लागि तयारी गरेको छ । 

आइतवार अमेरिकी सेनाले १० वटा सैन्य भूउपग्रह एकैपटक पठाएको छ । भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट ती भूउपग्रहहरू प्रक्षेपण गरिएका हुन् । 

तिनलाई स्पेसएक्सको फाल्कन–९ रकेटबाट अन्तरिक्ष पठाइएको हो । त्यसपछि फाल्कन रकेटको पहिलो स्टेज सफलतापूर्वक धर्तीमा फर्कियो । 

रुस र चीनले हाइपरसोनिक क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेपछि अमेरिकाले प्रतिरक्षाको प्रयास गरेको हो । केही दिनअघि रुसले युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र किन्जल प्रहार गरेको थियो । त्यस क्षेप्यास्त्रलाई खसाउन असम्भव छ । 

आफ्नो देशमा शत्रुको क्षेप्यास्त्रले प्रहार गर्नुअघि त्यसको अलर्ट पाउनका लागि अमेरिकाले अन्तरिक्षमा सैन्य भूउपग्रह पठाएको हो ।

संसारको जुनसुकै कुनाबाट क्रुज, ब्यालिस्टिक वा हाइपरसोनिक क्षेप्यास्त्र जे प्रहार गरे पनि पहिल्यै जानकारी पाउनका लागि अमेरिकाले सयौं सैन्य भूउपग्रह पठाउने योजना बनाएको हो । उसको स्पेस डिभलपमेन्ट एजेन्सीले चीन र रुसको खतराबाट बच्नका लागि प्रविधि र क्षमता विकसित गरिरहेको छ । 

परम्परागत क्षेप्यास्त्र खोजी भूउपग्रह र रेडारले हाइपरसोनिक क्षेप्यास्त्र पत्ता लगाउन नसक्ने भएकाले अमेरिकाले नयाँ भूउपग्रह पठाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्