१२ साउन २०८३, मंगलबार
उपनिर्वाचन

​चितवन–२ पुगेर गोकुलले भने– पिँध नभएको वाला हैन, भविष्य भएको पार्टी रोज्नुस् !

​चितवन–२ पुगेर गोकुलले भने– पिँध नभएको वाला हैन, भविष्य भएको पार्टी रोज्नुस् !

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले पिँध नभएको र टेक्ने जमिन पनि नभएको उम्मेदवार नभई भविष्य भएको पार्टी रोज्न चितवनवासीलाई आग्रह गरेका छन् ।

चितवन सधैं टुरिस्ट उम्मेदवारबाट पीडित रहेको भन्दै बास्कोटाले चितवनको माटो बुझेको उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । 

सोमवार चितवन– २ मा एमालेका तर्फबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी मनोनयनपछिको सभालाई सम्बोधन गदै बास्कोटाले आफ्नो भूगोलको छोरो / भतिजोलाई भोट हाल्न आग्रह गरेका हुन् ।

बास्कोटाले रवि लामिछानेको नाम नलिई उनलाई अडान नभएको र पिँध नभएको लोटाको संज्ञा दिए । 

‘पिँध पनि नभएका, फैलिने हाँगो नभएका, टेक्ने जमिन नभएकाहरूको आयु लामो हुँदैन । आयु भएको, इतिहास, योगदान र भविष्य भएको पार्टी एवं त्यसको उम्मेदवारलाई आफ्नो भाइ, भतिज, छोरोको रूपमा भोट हाल्नु होला,’ बास्कोटाले भने । 

लामिछानेको कानूनी कमजोरीका कारण फेरि भोट हाल्ने अवसर आएको भन्दै उनले राम्रो उम्मेदवार छान्न आग्रह गरे ।

‘चितवन टुरिस्टहरूबाट पीडित थियो । यो तपाईंको छोरो हो । ठूला कुरा र झूटा कुरा गर्नेलाई नपत्याउनुस्,’ उनले भने, ‘कसैको कानूनी कमजोरीका कारण फेरि भोट हाल्ने मौका पाएको हो । म सोध्न चाहन्छु, अहिले कोसित के साटेर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ?,’ उनले प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्