०६ असार २०८३, शनिबार

सरकारले सार्वजनिक गर्‍यो १०० दिने ३७ बुँदे उपलब्धि

सरकारले सार्वजनिक गर्‍यो १०० दिने ३७ बुँदे उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार गठनको १०० दिने उपलब्धि सार्वजनिक गरिएको छ। आज (सोमबार)  सरकारले गरेका कामहरूको उपलब्धि सार्वजनिक गरिएको हो। 

खाद्य पदाथणमा जीर्वनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषयमा छलफलका लागि संसदमा पठाउनेलगायत छलफलको क्रममा रहेको विषयलाई उपलब्धिका रूपमा राखिएको छ।  

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरूले भोग्नुपरिरहेका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै विदेशमा रोजगारी गुमाएका, बन्दी बनाइएका एवं स्वास्थ्य समस्या झेलिरहेका १०० भन्दा बढी नागररकलाई उद्धार गरी स्वदेश फर्काइएको पनि उपलब्धि मानिएको छ।  

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २८३ जना मृतक कामदारका परिवारलाई राहत वितरण गरिएको प्रचण्ड सरकारको उपलब्धिमा राखिएको छ। 

ठेक्का लिएर काम पूरा नगने, बीचमै काम छोड्ने तथा काममा विलम्ब गने निर्माण व्यर्वसायीहरूलाई सचेत गराइएको पनि उपलब्धिमा समावेश छ। 

मिटरब्याजी पीडतहरूको समस्या समाधानका लागि वर्तमान सरकारले विशेष पहल गरेको उपलब्धिमा उल्लेख छ। 

यस्तो छ प्रचण्ड सरकारको १०० दिने ३७ बुँदे उपलब्धि

salt training

कमेन्ट गर्नुहोस्