०७ असार २०८३, आइतबार
स्वर्णिमबारे रवि

एमसीसीबारे सोधिएको प्रश्नमा रविको गोलमटोल जवाफ– बहसको स्वतन्त्रता रहिरहन्छ [भिडियो]

एमसीसीबारे सोधिएको प्रश्नमा रविको गोलमटोल जवाफ– बहसको स्वतन्त्रता रहिरहन्छ [भिडियो]

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सन्दर्भमा फरक दृष्टिकोण राख्ने रवि लामिछाने र स्वर्णिम वाग्लेको राजनीतिक मिलनलाई लिएर प्रश्न उठेका छन् ।

लामिछानेले विगतमा एमसीसीको विरोध गरेका थिए भने वाग्लेले एमसीसीको पक्षमा चर्को वकालत गरेका थिए । एमसीसीका विरोधीलाई वाग्लेले ‘अल्पज्ञानी’को संज्ञा दिएका थिए । 

सोमवार वाग्लेको उम्मेदवारी दर्ता गर्न तनहुँ पुगेका लामिछानेलाई पत्रकारले ‘एमसीसीका विरोधी र समर्थकबीचको मिलन जनता झुक्याएको भएन र ?’ भनेर प्रश्न सोधेका थिए । लामिछानेले कुनै पनि मुद्दामा दलभित्र बहस भइरहने भन्दै घुमाउरो जवाफ दिए ।

‘जनजीविकाको सवालमा एकरूपता भएन भनेचाहिँ जनता झुक्याएको हुन्छ । कयौं मुद्दा छन्, ती मुद्दामा बहसको स्वतन्त्रता सबै दल, दलभित्रका नेताहरूलाई जहिले पनि रहिरहन्छ । वादका मात्र कुरा गर्ने, जनजीविकाका कुरा नगर्ने, त्यहाँ विवाद भयो भने बेग्लै कुरा हो,’ लामिछानेले भने, ‘वाद विवाद, पक्ष विपक्षको कुरा चलिरहन्छन् । सुशासनको मुद्दा कमन एजेन्डाको कुरा हो । अन्य विषय छलफलका विषय हुन् ।’

विगतमा कांग्रेसको राजनीति गरेका वाग्ले उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपा प्रवेश गरेर तनहुँ– १ बाट उम्मेदवार बनेका छन् । 

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्