१६ असार २०८३, मंगलबार
उपनिर्वाचन

उपनिर्वाचन हुने तीन वटा क्षेत्रमा ६९ जनाको उम्मेदवारी (सूचीसहित)

उपनिर्वाचन हुने तीन वटा क्षेत्रमा ६९ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार तीन निर्वाचन क्षेत्रमा गरेर ६९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । 

आयोगका अनुसार  चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गराएका थिए । जसअनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

 मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 
null

salt training

कमेन्ट गर्नुहोस्