१८ असार २०८३, बिहीबार

आज जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्ती, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

आज जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्ती, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएका छन् ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका ५ मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए ।

नेपालमा वैदिक, बौद्ध, जैन, शिख लगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘समाजमा विद्यमान सबै प्रकारका विकृति, विसंगति एवं विभेदको अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्