
नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ ।
युरो १ को खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
