फोर्ब्स पत्रिकाले मंगलवार संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची जारी गरेको छ ।
सूचीको पहिलो स्थानमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ र परिवार छन् । उनीहरूको कुल सम्पत्ति २११ अर्ब डलर छ । विलासी वस्तुहरूको उत्पादन गर्ने एलभीएमएचमार्फ अर्नाउले बेतोड कमाइ गरिरहेका छन् ।
इलोन मस्क दोस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति १८० अर्ब डलर छ । टेस्ला र स्पेसएक्समार्फत उनले सम्पत्ति जोडेका छन् तर उनको सम्पत्ति घटबढ भइरहने गरेको छ । पोहोर सालको भन्दा उनको सम्पत्ति ३९ अर्ब डलर घटेको छ ।
तेस्रो स्थानमा अमेजनका मालिक जेफ बेजोस छन् । उनको कुल सम्पत्ति ११४ अर्ब डलर छ । अमेजनको स्टकमा ३८ प्रतिशत गिरावटका साथ उनी पोहोर सालभन्दा ५७ अर्ब डलर गरीब भएका छन् ।