०२ साउन २०८३, शनिबार

विगतका श्रृङ्खलामा जस्तो चलेनन् ‘नाइँ नभन्नू ल ६’का गीत

विगतका श्रृङ्खलामा जस्तो चलेनन् ‘नाइँ नभन्नू ल ६’का गीत

वैशाखको १ गतेबाट प्रदर्शनमा आउनेमध्येको एउटा फिल्म हो, ‘नाइँ नभन्नू ल ६’ । ‘नाइँ नभन्नू ल’को यसअघिका अधिकांश श्रृंखला यस्ता थिए, जसमा फिल्म प्रचारको सबैभन्दा शक्तिशाली सामग्री नै गीत हुन्थ्यो । 

गीतले फिल्मको हाइप बढाउनमा ठूलो भूमिका खेल्थ्यो । ती गीतले बजारमा लोभलाग्दो चर्चा कमाउँथे । गीतका कारण पनि दर्शकहरू फिल्मप्रति उत्साहित देखिन्थे । 

तर, यसपटक भने त्यस्तो देखिएको छैन । ‘नाइँ नभन्नू ल ६’मा तीनवटा गीत निर्माण टिमले सार्वजनिक गरिसकेको छ । यद्यपि, ति गीतले दर्शकमाझ उल्लेख्य चर्चा पाउन भने सकिरहेका छैनन् । 

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’लाई प्रतीक्षित मानिएको छ । यद्यपि, विगतका श्रृङ्खलामा जस्तो यसपटक गीतका कारण फिल्मको चर्चा भने हुन नसकिरहेको हो । निर्माण टिममा उच्च आत्मविश्वास भएर हो वा त्यो अनुसारको गीत छनोटमा चुकेर हो ? गीतको माध्यमबाट फिल्मले जति हाइप पाउनुपर्ने हो यसपटक त्यो पाउन सकिरहेको छैन । 

‘नाइँ नभन्नू ल’ नेपाली फिल्मको एउटा ब्रान्ड सिरिज हो । यसका यसअगाडिका सबै श्रृङ्खलाले हिटको व्यापार गरेका छन् ।

‘नाइँ नभन्नू ल ६’मा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, योगीशा खत्री, अथर्व उप्रेतीलगायतको अभिनय छ । वैशाख १ मा ‘नाइँ नभन्नू ल ६’सँगै अन्य तीन वटा फिल्म पनि एकसाथ प्रदर्शनमा आउँदैछन् ।

यस्ता छन् ‘नाइँ नभन्नू ल ६’का सार्वजनिक तीन गीत

salt training

कमेन्ट गर्नुहोस्