१६ असार २०८३, मंगलबार

अमेरिकामा पर्यावरणीय समस्याका बारेमा चेतावनी जारी, ठूला शहर पानीमा डुब्ने जोखिम

चैत २२, २०७९
अमेरिकामा पर्यावरणीय समस्याका बारेमा चेतावनी जारी, ठूला शहर पानीमा डुब्ने जोखिम

अमेरिकाका ठूला शहरलाई आगामी ७७ वर्षभित्र समुद्रले निल्ने प्रक्षेपण गरिएको छ । 

न्युजील्यान्डको क्यान्टरबरी विश्वविद्यालय तथा अमेरिकाको मेरील्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरू टम लोगन र एलिसन रीलीले गरेको अध्ययनपछि यो भविष्यवाणी गरिएको हो । आफ्नो अध्ययनमा उनीहरूले अमेरिकाको स्थिति आगामी दशकहरूमा झन् झन् खराब हुँदै जाने बताए । 

सन् २१०० सम्म अमेरिकामा ९० लाखदेखि १ करोड २० लाखसम्म मानिसहरू समुद्रको बढ्दो जलस्तरबाट प्रभावित हुने उनीहरूको प्रक्षेपण छ । 

सामुद्रिक तुफान तथा बाढीको समस्या आइरहने बताइएको छ । त्यसले ठूला शहरको तटीय क्षेत्र समुद्रमा डुबाइदिन्छ । ती क्षेत्रहरू काटिएर टापु बन्न सक्ने सम्भावना पनि छ । 

अझ चक्रवात आएमा त्यसले ल्याउने विनाश विशाल हुनेछ । 

वैज्ञानिकहरूले यसका लागि तीनवटा मानक तयार पारेका छन् । कति तापक्रम बढ्दाखेरी ०.५ मिटर, १ मिटर वा २ मिटर जलस्तर बढ्नेछ भनी मानक बनाइएको छ । दुई मिटर जलस्तर बढेमा अमेरिकाको ठूलै क्षेत्र पानीमा डुब्नेछ । 

गत नोभेम्बर महिनामा नासाले गरेको अध्ययनमा सन् २०५० पछि नै अमेरिकाका लगभग सबै तट बढ्दो सामुद्रिक जलस्तरका कारण डुब्ने प्रक्षेपण गरिएको थियो । 

अनि सानातिना तुफानहरूका कारण समुद्री बाढी आउने खतरा पनि छ । न्युयोर्क, सान फ्रान्सिस्को, लस एन्जलस र भर्जिनिया जस्ता तटीय राज्यहरू समुद्रमा डुब्ने जोखिम छ । 

विश्व तापक्रममा वृद्धि अर्थात् ग्लोबल वार्मिङका कारण ध्रुवीय हिउँ पग्लिरहेको र त्यसले पनि समुद्रको जलस्तर बढाएको नासाको अध्ययनमा देखिएको छ । 

त्यसको असर अमेरिकामा मात्र नभई संसारभरि पर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्