
चर्चित फिल्म बाहुबलीको काहानी हरेक वर्ष हेर्न पाइने भएको छ । यदी एक योजना सफल भएको खण्डमा तपाई यसलाई ‘गेम अफ थ्रोन्स’को रुपमा कयौं सिजनमा देख्न पाउनुहुनेछ ।
बाहुबलीको दुई भागले भारत र विश्वमा करोडौं रुपैयाँको कमाइ गरेको थियो । फिल्मले भारतमा मात्र ५०० करोड रुपैयाँ कमाएको थियो । यसपछि बाहुबली ३ को पनि चर्चा चलिरहेको छ ।
तर फिल्मका निर्देशक एसएस राजमौलीले बाहुबलीको तेस्रो भाग बन्ने सम्भावनालाई इन्कार गरेका छन् । तर यसका लेखक र राजमौलीका बाबु विजयेन्द्र प्रसादले चर्चित शो गेम्स अफ थ्रोन्सका रुपमा एक टिवी सिरिज तयार गरिन सकिने जनाउ दिएका छन् ।
उनीहरुको यो अभियान सफल भएको खण्डमा बाहुबलीलाई हरेक वर्ष हेर्न पाइन्छ ।
समाचारहरुका अनुसार एक अन्तराष्ट्रिय कम्पनीले बाहुबलीका निर्माताले सम्पर्क गरेका छन् । ताकि यस फ्रेन्चाइजीलाई अगाडि पनि जारी राख्न सकियोस् । तर राजमौलीले भने यस टिभी सोलाई निर्देशन गर्ने छैनन् ।
बाहुबलीका निर्माताले हरेक सिजनको रोयल्टीको रुपमा २५ करोड रुपैयाँ लिने छन् ।