२५ जेठ २०८३, सोमबार

बाढीपिडितको सहयोगमा जुट्यो खिचापोखरी

कात्तिक २०, २०७४
बाढीपिडितको सहयोगमा जुट्यो खिचापोखरी
Image may contain: 8 people, people standing and indoor
काठमाडौं, १४ भदौ-खिचापोखरी न्युरोड व्यापार संघले वाढीपीडितका लागि सहयोग हस्तान्तरण गरेको छ । संघले बुधबार नगद तथा जिन्सी सामान नेपाल चेम्बर अफ कमर्सले वाढीपीडितको सहयोगार्थ गठन गरेको विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । संघले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको चेक र एक लाख बराबरको आठ पोका जिन्सी सामान हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले जम्मा दुई लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको राहत सहयोग चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, चेम्वरका सहकोषाध्यक्ष राजारत्न तुलाधर, खिचापोखरी न्युरोड व्यापार संघका संस्थापक अध्यक्ष राजेन्द्र शेरचन, वरिष्ठ उपाध्यक्ष गोपाल महर्जन, उपाध्यक्ष गणेशकुमार न्यौपाने, महासचिव भरत वडाल, कोषाध्यक्ष खिलबहादुर रोक्कालगायतका उपस्थित थिए ।



salt training

कमेन्ट गर्नुहोस्