
वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत आज बिहीवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।
बिहीवार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको र त्यसपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले बिहीवारै निर्वाचन चुनाव चिह्न समेत प्रदान गर्नेछ ।
चितवन २, तनहुँ १ र बारा २ प्रतिनिधिसभा क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।