२४ जेठ २०८३, आइतबार

निजामती कर्मचारीको अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने

निजामती कर्मचारीको अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने

 अबदेखि निजामती कर्मचारीको विशिष्ट श्रेणीलाई अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने भएको छ। अहिले कायम भएको निजामती कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा लैजाने र तहगत प्रणालीमा जाँदा विशिष्ट श्रेणी सचिवको पदलाई अधिकतम अधिकृत १५औँ तह कामय गर्न लागिएको छ। सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीको पदलाई अधिकृत १५औँ, १४औँ र १३औँ तह मानिएको छ। 

ऐनको मस्यौदा अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइएको छ। मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले ऐनको मस्यौदालाई सरोकारवालासँग पटकपटकको छलफलपछि अहिले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइएको बताए । गोखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्