०६ असार २०८३, शनिबार

सडक कालोपत्रेपछि बजारसम्म पुग्यो गाउँमा उत्पादित सागसब्जी

सडक कालोपत्रेपछि बजारसम्म पुग्यो गाउँमा उत्पादित सागसब्जी
प्रतिकात्मक तस्वीर

गाउँसम्मै सडक कालोपत्र भएपछि पाँचथरको फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रशन्न छन् । सडक कालोपत्रे गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन् ।

उत्पादित सागसब्जी बजार पुर्‍याउन सकिएको अधिकारीको भनाइ छ । 

‘यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर २ घण्टा लाग्थ्यो । बूढापाकालाई त ५ घण्टासम्म लाग्थ्यो,’ सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस सम्झिँदै अधिकारीले भने, ‘सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो ।’

फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्रे भएपछि फिदिम पुग्न सहज भएको छ । समयमै फिदिम पुगेर सर्वसाधारणलाई काम गर्न सकिने अवस्था छ । स्थानीय उत्पादनले बजार पाएको छ । उत्पादन खेर जाने अवस्था हटेको छ ।

भारतसँगको सीमा क्षेत्र फालोटलाई सदरमुकाम फिदिमसँग जोड्ने फिदिम–फालोट सडकको नांगीन सल्लेरीदेखि लुदिनटारसम्मको २५ किलोमिटर सडक कालोपत्रे भएको ३ वर्ष बितेको छ तर फिदिम–सल्लेरी खण्ड कच्ची हुँदा यस क्षेत्रका सर्वसाधारणले हैरानी व्यहोर्दै आएका थिए ।

पूर्वाधार विकास कार्यालयले ४ वर्षअघि थालेको फिदिम–सल्लेरी खण्डको कालोपत्र पूरा भएपछि स्थानीयवासी खुशी भएका छन् ।

पूर्वाधार विकास कार्यालय फिदिमका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाको मुख्य सडकको रूपमा रहेको फिदिम–फालोट सडक खण्ड कन्काई पीएस जेभीले ६० करोड २७ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो । नालीसहित ७ मिटर चौडा सडक निर्माण भएको छ । 

कोभिड–१९ का कारण २ वर्ष म्याद थप गरिएको थियो । आगामी असारसम्म काम सम्पन्न गर्ने सम्झौता छ । 

salt training

कमेन्ट गर्नुहोस्