०१ असार २०८३, सोमबार

खानेपानी आयोजना बनेपछि ३५० परिवार लाभान्वित

खानेपानी आयोजना बनेपछि ३५० परिवार लाभान्वित
प्रतिकात्मक तस्वीर

चितवनको भरतपुर महानगरपालिका–२९ मा ९ करोड रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।

योजना सम्पन्न भएपछि ३५० परिवार लाभान्वित भएका छन् ।  

संघीय सरकार र प्रदेश सरकारको ५ करोड ९५ लाख,  भरतपुर महानगरको १ करोड ७५ लाख तथा स्थानीयको ६२ लाख रुपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । ५ वर्षपछि योजना सम्पन्न भएको हो ।

योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा,  लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् । 

स्थानीय सुशीला गुरुङले आधा घण्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताए । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ ।

योजनाका सचिव केशव ढकालले भने, ‘बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।’ 

आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्यांकी छ । थामडाँडामा २ लाख लिटरको वितरण ट्यांकी निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको १ मात्र पहाडी क्षेत्रमा सधैंको खानेपानी समस्या समाधान भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्