०५ असार २०८३, शुक्रबार

'धुम ४' बाट फिल्ममा फर्किन चाहन्छन् आमिर खान

'धुम ४' बाट फिल्ममा फर्किन चाहन्छन् आमिर खान

 बलिउड स्टार आमिर खान चाँडै ‘धुम ४’ मा देखिने भएका छन्।

हालै आमिरले यशराज फिल्म्सलाई एक्सन फिल्म ‘धुम’ सिरिजको सिक्वेल बनाउन र फिल्मका पात्र ‘साहिर’ र ‘समर’ लाई पर्दामा फिर्ता ल्याउन अनुरोध गरेका छन् । 

गत वर्ष रिलिज भएको ‘लाल सिंह चड्ढा’बाट आमिर ब्रेकमा छन् । उक्त फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो। 

रिपोर्टहरूका अनुसार ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर आफ्नो फिल्मलाई लिएर सचेत भएका छन्। 

स्पेनिस फिल्म क्याम्पियोन्सको हिन्दी रिमेकमा अभिनय गर्न आमिरले अन्तिम मिनेटमा अस्वीकार गरेका थिए । 

पत्रकार सम्मेलनमा आमिरले आफ्नो परिवारसँग समय बिताउन यस्तो गरेको बताए । यो फिल्मलाई ‘शुभ मंगल ज्यादा सावधान’का निर्देशक आरएस प्रसन्नले निर्देशन गर्न लागेका हुन् । आमिरले फिल्ममा अभिनय गर्नुको सट्टा निर्माण गर्ने रोजेका थिए । 

‘पठान’को सफलतापछि यशराज स्पाई युनिभर्सको ‘टाइगर ३’ पनि निर्माणमा छ । जसका कारण आमिरले आदित्य चोपडालाई धुमको सिक्वेल रिलिज गर्न अनुरोध गरेका हुन्। 

ईटाइम्सको रिपोर्टका अनुसार आमिर खान पनि धुमको सिक्वेलबाट आफ्नो क्यारेक्टर फिर्ता ल्याउन चाहन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्