
अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका छन् । उनले यतिबेला धमाधम म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।
यतिबेला पलले मुस्ताङ पुगेर ‘आँशु बनि नखस कैले नि’बोलको गीतको भिडियोमा अभिनय गरिरहेका छन् ।
अनु चौधरी र ऋषि खड्काको स्वरमा आउने गीतको भिडियोमा पल ‘ए होर माया’ फ्रेम्ड मोडल मोडल सनिशा भट्टराईसँग प्रस्तुत छन् । शान थापाको निर्देशनमा तयार हुँदै गरेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरिरहेका छन् । केन्द्र मोशन पिक्चर्सले यो भिडियोलाई निर्माण गरिरहेको हो ।
पलले यसअघि पनि एउटा म्युजिक भिडियोको छायांकन सकिसकेका छन् । यसपछि उनले आफ्नै युट्युब च्यानलमा लागि ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको छायांकन गर्नेछन् । सार्वजनिकको हिसावले यो गीत पहिले आउनेछ ।
उनकै अफिसियल युट्युब च्यानलमार्फत आउने गीतको रेकर्ड भएपनि छायांकन बाँकी छ ।
अन्य थुप्रै भिडियोहरू छायांकनका लागि पाइपलाइनमा छन् ।
फिल्ममा पनि चाँडै फर्किने तयारीमा उनी छन् । पलको म्युजिक भिडियो र फिल्मलाई लिएर दर्शकहरू प्रतीक्षामा छन् ।
