०८ साउन २०८३, शुक्रबार

रोयल च्यालेन्ज बैंङलोरलाई ८१ रनले हराउँदै कोलकाता नाइट राइडर्सको पहिलो जीत

चैत २४, २०७९
रोयल च्यालेन्ज बैंङलोरलाई ८१ रनले हराउँदै कोलकाता नाइट राइडर्सको पहिलो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत बिहीवार राति भएको खेलमा रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हराउँदै कोलकाता नाइट राइडर्सले पहिलो जीत निकालेको छ ।

कोलकाताले शुरूमा ब्याटिङ गरेर २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । जवाफमा बैंगलोरको टीम १२३ रनमा ‘अल आउट’ भयो ।

बैंगलोरका क्याप्टेन फाफ डुप्लेसी र विराट कोहलीको ब्याटिङले शुरूआती ४ ओभरमा ४२ रन बनेका थिए । पाँचौं ओभरमा सुनील नरेनले विराटलाई आउट गरेपछि बैंगलोरले पूर्ववत् प्रदर्शन गर्न सकेन । विराटले १८ बलमा २१ रन बनाएका थिए ।

कोलकाताका शार्दुल ठाकुरले २० बलमा अर्धशतक बनाएर टीमलाई जिताएका छन् । ठाकुरको अर्धशतककै योगदानले बैंगलोरसामु २०५ रनको लक्ष्य बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्