२३ असार २०८३, मंगलबार

जातीय राजनीतिमा दलहरू केन्द्रित हुँदा श्रमिकका मुद्दा ओझेल परे- नेता कोइराला

जातीय राजनीतिमा दलहरू केन्द्रित हुँदा श्रमिकका मुद्दा ओझेल परे- नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जातीय राजनीतिमा दलहरू केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दाहरू ओझेलमा परेका बताएका छन्। 

कोइरालाले सबै स्वार्थ छाडेर 'राष्ट्र पहिला' भनेर अगाडि बढ्नुपर्ने समय आएको समेत बताए। 

कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहे पनि अवसरवादीहरू हाबी हुँदा केही गर्न नसकेको बताए।

उनले अवसरवादीहरूबाट चनाखो रहनसमेत कार्यकर्तालाई आग्रह गरे। ​

काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम शुरु भएको त्यसमा सचेत हुने समय आएको बताए।

salt training

कमेन्ट गर्नुहोस्