![प्रताप दासको स्वरमा ‘बिहे पास’को शीर्ष गीत [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Bihepass1_arz9C4JJeQ.jpg)
नभए नि सरकारी अड्डाको हाकिम
दिन सक्छु मैले नि मायाको तालिम
चट्ट चट्ट चट्ट जिन्दगी बनाइ देउन खास
आउ-आउ संगै गरौं मायाको बिहे पास
फिल्म ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा गायक प्रताप दासले स्वर दिएका छन् ।
भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ प्रस्तुत छन् । फिल्मको विषय र भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको गीतलाई दिवेश राईले एरेन्ज गरेका हुन् ।
प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।