
दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै आइतबार गएकोे हिमपहिरोमा परी चार जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् ।
डार्मानिनले ट्वीटरमा लेखेका छन्, “हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।”
उन उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताएका छन् ।