१५ असार २०८३, सोमबार

यस्तो छ फिल्म ‘गणपति’को टिजर

यस्तो छ फिल्म ‘गणपति’को टिजर

आगामी २०८० सालको जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । 

आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको टिजरमा प्रमुख कलाकारलाई देखाइएको छ । 

टिजरमा एक व्यक्तिको अस्वाभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुशी मनाउँदै भजनकीर्तन गरिएको टिजरमा देखाइएको छ भने बाल्यकालको प्रेम र युवाअवस्थाको आक्रोशलाई पनि टिजरमा देख्न सकिन्छ । 

सबिन अधिकारीको लेखन एवं निर्देशन रहेको यस चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, सुशील पोखरेल, कालु राना, देवेन्द्र बब्लु, कविता न्यौपाने लगायतको अभिनय छ । 

निर्देशक अधिकारीले यो ’गणपति’ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । उनले कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्ने र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको बताए ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।

यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । लक्ष्मण थापा, अरविन्द्र गिरी, विज्ञान केसी  निर्माताका रुपमा रहेको चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्