२५ जेठ २०८३, सोमबार

रुसद्वारा २.५ बिलियन मूल्यको कोकिन बरामद

चैत २७, २०७९
रुसद्वारा २.५ बिलियन मूल्यको कोकिन बरामद

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ ।  सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना  बनाइएको बुझिएको छ । 

दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रूबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको  सो लागुऔषधि  रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ । संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रूसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।
रुसी कानून अनुसार हिरासतमा तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्