१७ असार २०८३, बुधबार

आफ्नै सरकारविरुद्ध अनशन बस्दै भारतीय कांग्रेस नेता सचिन

चैत २८, २०७९
आफ्नै सरकारविरुद्ध अनशन बस्दै भारतीय कांग्रेस नेता सचिन

भारतीय कांग्रेस नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट आफ्नै सरकारविरुद्ध अनशन बस्ने भएका छन् ।

जयपुरको शहीद स्मारकमा मंगलवार सचिनले अनशन बस्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्री अशोक गहलोत नेतृत्वको सरकार र तत्कालीन भारतीय जनता पार्टी (बीजेपी) सरकारकी मुख्यमन्त्री वसुन्धरा राजेले गरेका घोटालाविरुद्ध अनशन गर्दैछन् ।

सचिनले अनशनको तयारी गरिरहँदा सोमवार राति भारतीय कांग्रेस पार्टीले उनलाई कडा चेतावनी दिएको छ । अनशन बसेमा पार्टी विरोधी गतिविधि गरेको ठहरिने चेतावनी पार्टीले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अखिल भारतीय कांग्रेस कमिटी (एआईसीसी) का राज्य प्रभारी सुखजिंदर सिंह रंधावाले भने, ‘सरकारविरुद्ध हुने कुनै पनि विरोध स्पष्ट रूपले पार्टी विरोधी गतिविधि र पार्टी हितविरुद्ध हो ।’

salt training

कमेन्ट गर्नुहोस्