०७ असार २०८३, आइतबार

जीप दुर्घटनामा १ जनाको मृत्यु

जीप दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पर्वतको महाशिला गाउँपालिकामा सोमवार राति जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ व्यक्ति घाइते भएका छन् । 

सदरमुकाम कुश्मा बजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जीप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

दुर्घटनामा घाइतेको लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्