×

NMB BANK
NIC ASIA

सरकार हुनुको अनुभूति दिलाउने प्रयास

नारायणकाजीको सक्रियता– विभागीय मन्त्री र राजदूतलाई लिएर धुलाम्मे राजमार्गमा दुई दिन

चैत २८, २०७९

NTC
Premier Steels

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले साह्रै सुस्त गतिमा काम भइरहेका मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको स्थलगत निरीक्षण गरेका छन् ।

Muktinath Bank

तीन महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अलपत्र सडक निरीक्षणमा निस्किएका श्रेष्ठले मन्त्रालय फेरिएपछि पनि त्यो कामलाई निरन्तरता दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेकेदारले समयमा काम नगर्दा अलपत्र परेका राजमार्गको निरीक्षणमा गृहमन्त्री श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चिनियाँ राजदूतलाई लिएर फिल्डमा उत्रिएका हुन् ।


Advertisment
Nabil box
Kumari

राजधानी काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने यी राजमार्ग विस्तारको जिम्मा चिनियाँ ठेकेदारले पाएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ, ज्वाला, चिनियाँ राजदूत र एसियाली विकास बैंकका प्रतिनिधिसहितको टोलीले आइतवार र सोमवार ती सडकको स्थलगत अवलोकन गरेका हुन् ।  

Vianet communication

ठेकेदारले सरकारलाई नटेर्ने र वर्षौंसम्म काम अलपत्र पार्ने समस्या रहेका बेला नारायणकाजी सरकारप्रति थोरै भएपनि भरोसा जगाउने शैलीमा काममा उत्रिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार भनेर चिनिने शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले अलपत्र पारेको भक्तपुर–नगरकोट सडकमा गएर नारायणकाजीले निश्चित समयमा काम पूरा नगरे कारवाही गर्ने चेतावनी दिएका थिए । 

त्यसको केही समयपछि सो ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेको थियो । ‘गृह प्रसाशन सक्षम नहुँदा विकास निर्माणको काम पनि प्रभावित भएको थियो, उहाँ(नारायणकाजी)को कार्यशैलीले विकास निर्माणको कामले गति लिने अपेक्षा गरेका छौं,’ सरकारका एक सचिवले लोकान्तरसँग भने ।

null

गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै नारायणकाजीले सुराकीको नाममा मन्त्री र सचिवले गरिरहेको मनोमानी खर्च खारेज गर्ने निर्णय गरेका थिए । मन्त्रिपरिषद्मा प्रस्ताव लगेर सो निर्णय कार्यान्वयनमा आइसकेको छ । गृहमा सुधारको काम थालेका मन्त्री श्रेष्ठले ठेकेदारले अलपत्र पारेका सडकको काममा ध्यान दिएका हुन् ।

संसदीय समिति, प्रधानमन्त्री र विभागीय मन्त्री एवं सचिवले पटक–पटक निर्देशन दिँदा पनि सडक विस्तारको कामले गति नलिएपछि उपप्रधानमन्त्री आफैं अनुगमनमा निस्केका हुन् । चैत–वैशाखको गर्मी र धुलोको प्रवाह नगरी श्रेष्ठ नेतृत्वको टोलीले दुई राजमार्गको अवलोकन गरेको थियो । 

null

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको ११३ किमी सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले पाएको छ । दाउन्ने पश्चिम खण्डको ७ अर्ब ८६ करोड र पूर्वी भागको १० अर्बको ठेक्का सोही कम्पनीले पाएको छ ।

२०७५ पुसमा ठेक्का सम्झौता भई गत कात्तिक २२ गतेसम्ममा निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत हाराहारी मात्र भएको छ । पछिल्लो समय कावासोती खण्डमा एउटा लेन पक्की गर्ने काम शुरू भएको छ । विस्तारको काममा ढिलाइ हुँदा पश्चिम नेपालको यात्रा गर्ने यात्रुले सास्ती खप्नुपरेको छ । 

null

निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले लापरवाही गरेपछि सरकारले दूतावासमार्फत पनि छिटो काम सम्पन्न गर्न ताकेता गरेको थियो । ठेकेदारको लापरवाहीले सीमा नाघेपछि मन्त्री श्रेष्ठ राजदूतलाई लिएर सडक अवलोकनमा निस्किएका हुन् ।

आइतवार र सोमवार उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोलीले आयोजनाका अधिकारी र स्थानीयसँग ठाउँ–ठाउँमा छलफल गरेको थियो । 

‘उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्री प्रकाश ज्वालासँग नारायणगढ–बुटवल राजमार्ग सुधार आयोजनाको निरीक्षण गर्न पाउँदा खुशी लाग्यो । सबै पक्षहरूको संयुक्त प्रयास विशेषगरी चिनियाँ र नेपाली कर्मचारीहरूको परिश्रमलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु,’ नारायणगढ–बुटवल खण्डको स्थलगत अवलोकनपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले भने ।

विभागीय मन्त्री, राजदूत र दाताका प्रतिनिधिलाई लिएर उपप्रधानमन्त्री अवलोकनमा निस्किएको यो दुर्लभ घटना हो । अवलोकनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले ठेक्का लिएर काम अल्मल्याउने काम स्वीकार्य नहुने बताएका थिए । 

null

मुग्लिङ–पोखरा सडकको कामले अब गति लिन्छः मन्त्री ज्वाला

मुग्लिङ–पोखरा सडकखण्डको कार्यप्रगति पनि अपेक्षाभन्दा कम छ । सडक विस्तारको कामका कारण सडकमार्ग हुँदै पोखरा पुग्ने यात्रुले सास्ती खेपेका छन् । 

गत मंसिरको निर्वाचनको समयमा मतदाताले राजमार्ग विस्तारमा भएको ढिलाइले जनस्वास्थ्यमा असर पारेको र व्यापार व्यवसाय चौपट भएको गुनासो उम्मेदवारहरूसँग गरेका थिए । उपचुनाव हुन गइरहेको यो क्षेत्रमा अहिले पनि मतदाताले सडक विस्ताको काममा भएको ढिलाइलाई लएर आक्रोश पोखेका छन् । 

मुग्लिङ–पोखरा सडकखण्डलाई दुईखण्डमा विभाजन गरेर काम भइरहेको छ ।

null

आँबुखैरेनी–जामुने (४१ कीमी) पूर्वी खण्ड र जामुने–पोखरा (३९ कीमी) पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरिएको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । ७ अर्ब ४० करोडको ठेक्का सम्झौता २०७८ जेठमा भएको थियो । 

पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । स्थलगत निरीक्षणमा निस्किएका भौतिक पूर्वाधार मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक खण्डको काम अब तीव्र गतिमा बढ्ने बताए ।

‘स्थलगत निरीक्षणपश्चात जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौं,’ मन्त्री ज्वालाले आइतवार दमौलीमा पत्रकारहरूसँग भने । 

यसअघि भक्तपुर–नगरकोट सडकको अवलोकनमा जाँदा श्रेष्ठ नेपालका लागि भारतीय राजदूतलाई लिएर गएका थिए । यस्तै काम शुरू हुन नसकेको चक्रपथको अवलोकनमा नेपालका लागि चिनियाँ राजदूतलाई लिएर फिल्डमा उत्रिएका थिए ।

प्रहरी र सीडीओको सरुवा बढुवामा चलखेल गर्नकै लागि नेताहरूले गृहमा मरिहत्ते गर्ने भन्ने परिभाषालाई नारायणकाजीले फेर्न खोजेको गृहका अधिकारीहरूको मूल्यांकन छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x