
न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरी मंगलवारै कपिलवस्तु पठाइएको जानकारी दिए ।
पत्नी आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि मंगलवार काठमाडौं प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो ।
गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ ।