२९ जेठ २०८३, शुक्रबार

बालुवाको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु

बालुवाको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बैतडीको धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिँदा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

ढिस्कोले पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको छ । 

घटनामा सिगास–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बालुवाको ढिस्कोमा पुरिँदा ४२ वर्षीय संग्रामसिंह धामी घाइते भएका छन् ।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी सकुशल छन् । 

salt training

कमेन्ट गर्नुहोस्