२९ जेठ २०८३, शुक्रबार

रौतहटमा प्रचण्डले बाँडे ग्यास सिलिन्डर

कात्तिक २०, २०७४
रौतहटमा प्रचण्डले बाँडे ग्यास सिलिन्डर
गौर, १५ भदौ पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताएका छन् ।prachanda
बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन, बाढी पीडितलाई राहत बितरण र बाढी पीडितहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकार र पार्टी गम्भीरतापूर्वक लाग्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले बिहान रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए ।
त्यसपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले रौतहट लगायतका जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने बताए ।

बिहीबार अपरान्ह अध्यक्ष प्रचण्डले रौतहटकै गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री बितरण गरेका थिए ।
सहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष प्रचण्डले राहत सामग्री बितरण गरेका हुन् । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पूनस्र्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्