बनेपा, १५, भदौ - काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुब्बागाउँमा पत्नीले मध्यरातमा आत्महत्या गरेपछि उनका पतिले आत्महत्याको प्रयास गरेका छन् ।

बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले जीवन छाडेकी थिइन् । विवादपछि राति १ बजे सलिना घरबाट निस्किएपछि उनलाई मृतावस्थामा फेला पारेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका दीपकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
आफन्त र छिमेकीले दीपकलाई उपराचार्थ तत्काल धुलिखेल अस्पताल लगेका थिए । केसी दम्पतीकी एक छोरी छिन् ।