१० असार २०८३, बुधबार

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
प्रतिकात्मक तस्वीर

वैशाख महिना शुरू भएपछि म्याग्दीको विभिन्न ठाउँका जंगलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ ।

आइतवार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमवार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन ।

गत शुक्रवारदेखि बेनी–२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । आगलागी हल्लेगौडा, पोलधारा, सल्देना लगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ । प्रतिकूल मौसमका कारण आइतवार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

‘अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्,’ उनले भने । आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए ।

‘मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौं, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले भने । घरेलु सामग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए । ‘सुक्खा र भीर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भीरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्