१५ असार २०८३, सोमबार

केकी र सलोन अभिनीत फिल्म ‘जय हो’ छायांकन सकियो

केकी र सलोन अभिनीत फिल्म ‘जय हो’ छायांकन सकियो

शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म ‘जय हो’को छायांकन सकिएको छ ।

मुस्ताङको प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथमा केकी अधिकारी र सलोन बस्नेतको दृश्य खिच्दै फिल्मको छायांकन पुरा गरिएको हो ।

टेक पौरखी राई निर्देशित यो फिल्ममा केकी अधिकारी र सलोन बस्नेतको मुख्य भूमिका छ । फिल्मलाई मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

फिल्ममा केकी र सलोनका अलावा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे लगायतको समेत अभिनय छ । 

कमेडी एक्सन र प्रेमकथामा आधारित फिल्म आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउनेछ । 

सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन रहेको फिल्मको निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । 

salt training

कमेन्ट गर्नुहोस्