०९ साउन २०८३, शनिबार
जीतनारायणलाई भोट माग्दै गगन

व्यक्ति चिन्नुभयो, चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस्– गगन थापा

व्यक्ति चिन्नुभयो, चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस्– गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरेका छन् । रवि लामिछानेको नामै नलिइ गगनले पाँच महिनामा जनताले चिनिसकेको र प्रत्येक दिन नयाँ नयाँ कुरा आउने टिप्पणी गरे । 

सोमवार चितवनको कालिका नगरपालिकामा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभामा पुगेर गगनले विगतको कुरा बिर्सेर उपनिर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गरेका हुन् । 

‘चितवनलाई कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस । तपाईंको सुझबुझले नेपालको राजनीतिलाई मार्गनिर्देश गर्नेछ’ थापाले भने । 

केन्द्र र प्रदेशमा कांग्रेस–माओवादीको सरकार रहेको र यही गठबन्धन पाँचवर्ष चल्ने भन्दै थापाले चितवनमा बजेटको कमी हुन नदिने बताए । 

‘५ वर्ष यही सरकार रहन्छ । केन्द्र सरकार हाम्रै छ, बागमतीको सरकारमा कांग्रेस छ र चितवनकी मेयर हाम्रो हुनुहुन्छ । प्रधानमन्त्रीसँग टेबल ठोक्न सक्नेलाई तपाईंले संसदमा किन नपठाउने ?’ थापाले भने । 

गगनले बाहिर कांग्रेस हुँ भन्दै हिड्ने र भित्र दायाँबायाँ गर्ने छुट काग्रेस कार्यकर्तालाई नभएको बताए । ‘कांग्रेसको एकजना साथीले पनि दायाँबायाँ तलमाथि नगर्नुस्, खुलेर कतै लाग्नु भएको छ भने तपाईंको निर्णय भयो । बाहिर रुख रुख भन्ने, भित्र तलमाथि गरेमा कसैले नदेखेपनि मनभित्रको हरिले देख्नेछ’ थापाले भने । 

कार्यक्रममा भरतपुर महानगरकी मेयर एवं माओवादी नेता रेनु दाहालले मूलधारका दलले नै चितवनको विकास गर्ने भन्दै आवेगमा आएर भोट खेर नफाल्न आग्रह गरिन् । वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका लागि कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा चितवन पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्