
कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार सोमवार १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सोमवारै १०४ नयाँ संक्रमित थपिएका हुन् । ५७१ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा १ हजार ६३२ नमूना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा अहिले कोरोना संक्रमितमध्ये ३४ आइसोलेसन, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ ।
राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न तयारी गरिरहेको जानकारी दिएकी थिइन् । परिवार कल्याण महाशाखाअन्र्तगत बाल स्वास्थ्य तथा खोपसेवा शाखाको प्रमुख डा. अभियान गौतमले भने, ‘हामीसँग भएको फाइजर बुस्टर डोजको ३० लाख मात्रा मध्ये अहिले तीन लाख मात्र मौज्याद छ । बाँकी सबै स्थानीयमा खोप वितरण भएर खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।’
डा. गौतमले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको भन्दै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह गरेका छन् ।