०५ साउन २०८३, मंगलबार

मिटरब्याजी पीडितसँगको झडपमा डीएसपीसहित ८ प्रहरी घाइते

मिटरब्याजी पीडितसँगको झडपमा डीएसपीसहित ८ प्रहरी घाइते

राजधानीको शान्तिबाटिकामा सोमबार अशान्ति मच्चियो । मिटरब्याजी पीडितहरुले गरेको प्रदर्शनका क्रममा दोहोरो झडप हुँदा तनावको स्थिति सिर्जना भएको हो । 
सो क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते हुन पुगे ।जसमा नेपाल प्रहरीका डीएसपीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  घाइते हुनेमा दरबारमार्ग वृत्तकी डीएसपी कोपिला चुडाललगायत रहेका छन् । घाइतेकाे प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट दुई दर्जन हाराहारीमा प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रदर्शनकारीले  सिंहदरबार घेराउ र मार्चापासका लागि भन्दै निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको स्थिति बनेको हो । 

तराईबाट आएका पीडितहरुले आफूहरुको माग पुरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि आफूहरुको माग पुरा हुने अवस्था नरहेको भन्दै गृह मन्त्रालयले गठन गरेको टोलीसँग वार्तासमेत भंग गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्