१६ असार २०८३, मंगलबार

मुसहर टोलमा आगलागी, आठ घर जलेर नष्ट

मुसहर टोलमा आगलागी, आठ घर जलेर नष्ट

कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् । 

सोमबार दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए ।

उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्