०६ असार २०८३, शनिबार

यो तस्वीर साँचो कि झूटो ? फोटोग्राफरले खुलासा गरेपछि जन्मियो बहस

बैशाख ६, २०८०
यो तस्वीर साँचो कि झूटो ? फोटोग्राफरले खुलासा गरेपछि जन्मियो बहस

कृत्रिम बौद्धिकता (एआई) उपयोग गरी तस्वीर बनाएको भन्दै एक प्रमुख फोटोग्राफी पुरस्कारका विजेताले पारितोषिक लिन अस्वीकार गरेका छन् । 

जर्मनीका कलाकार बोरिस एल्डागसेनको तस्वीरले गत साता सोनी वर्ल्ड फोटोग्राफी अवार्डमा क्रिएटिभ ओपन क्याटेगोरीतर्फ पुरस्कार जितेका थिए । 

उक्त प्रतियोगिताको परीक्षण गर्नका लागि आफूले तस्वीरको उपयोग गरेको उनको भनाइ छ । यसमार्फत फोटोग्राफीको भविष्यबारे बहस चलाउने उद्देश्य रहेको पनि उनको भनाइ छ । 

एल्डाडसेनले तस्वीर बनाउँदा कुन हदसम्म एआईको उपयोग गरिएको थियो भन्ने विषयमा आफूहरूलाई गलत सूचना दिएको पुरस्कार आयोजकहरूको भनाइ छ । 

पुरस्कार अस्वीकार गरेपछि एआईले बनाएको र वास्तविक तस्वीरका बीच फरक छुट्ट्याउनु आवश्यक रहेको एल्गाडसेनले बताए । 

तस्वीरमा भिन्न पुस्ताका दुई महिलाको श्यामश्वेत आकृति देखिन्छ र त्यो निकै कारुणिक जस्तो लाग्छ । 

अचेल एआईले तस्वीर बनाउनेदेखि गीत र निबन्ध लेख्ने, चालकरहित कार दौडाउने, च्याटमार्फत थेरापी दिने लगायतका कामहरू गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्