
भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एउटा गाईले रेस्टुराँको उद्घाटन गरेको छ ।
प्रांगारिक खेतीबाट उत्पादित खानेकुरा भएको अर्ग्यानिक ओएसिस नामक उक्त रेस्टुराँलाई गाईले उद्घाटन गरेको हो ।
रेस्टुराँका व्यवस्थापक शैलेन्द्र सिंहले भारतको कृषि तथा अर्थतन्त्र गाईमा निर्भर रहेकोले गौमाताबाट उद्घाटन गराएको बताए ।
आफूहरूले रासायनिक मल र कीरा मार्ने विष प्रयोग नगरिकनै खाद्यान्न उत्पादन गर्ने अनि पकाएर खुवाउने उनको भनाइ छ । अहिले मानिसहरू स्वास्थ्यमा सचेत बन्दै गएकाले प्रांगारिक खानको माग बढिरहेको उनले बताए ।
#WATCH | Uttar Pradesh: A restaurant in Lucknow, 'Organic Oasis' that offers food made out of organic farming produce, was inaugurated by a cow. pic.twitter.com/YWcfKqJQcX
— ANI UP/Uttarakhand (@ANINewsUP) April 18, 2023