१३ असार २०८३, शनिबार

‘सकम्बरी’को कीर्तिमानी भ्युज : गीतलाई एक हप्तामै करोड पटक हेरियो

‘सकम्बरी’को कीर्तिमानी भ्युज : गीतलाई एक हप्तामै करोड पटक हेरियो

प्रकाश सपूतको शब्द, संगीत र स्वर रहेको ‘सकम्बरी’ बोलको गीतले युट्युबमा कीर्तिमानी भ्युज पाएको छ ।

गत बिहीवार सार्वजनिक गीतले ७ दिनमै युट्युबमा १ करोड भ्युज पाएको हो । ​

अत्याधिक चर्चा र विवादसँगै गीतले एक हप्तामै (बिहीवार दिउँसोसम्ममा) उक्त भ्युज प्राप्त गरेको हो ।

सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको गीतले आजसम्म पनि कब्जा जमाएको छ । 

यो गीतमा प्रकाशसँगै बर्ता गन्धर्वको पनि स्वर रहेको छ । सुदिप सागरले गीतको संगीत संयोजन गरेका छन् । 

प्रकाशकै कथा एवं निर्देशनमा तयार भिडियोमा कुशुम शर्मा प्रस्तुत छिन् । उनले आफ्नो डेब्यू म्युजिक भिडियोबाटै निकै चर्चा र प्रशंसा समेत कमाएकी छिन् । 

भिडियोमा कुशुमका साथमा प्रकाश स्वयंमसँगै सुनिल थापा लगायतको समेत अभिनय छ ।

एक सातामै करोड भ्युज कमाएको प्रकाशको ‘सकम्बरी’ दोस्रो गीत हो । यसअघि उनको ‘पीर’बोलको गीतले एक सातामै एक करोड भ्युज पाएको थियो । घण्टाको आधारमा भने ‘पीर’ भन्दा ‘सकम्बरी’ अझ छोटो समयमा करोड क्लबमा पुग्न सफल भएको हो।

कमेन्ट गर्नुहोस्