
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले आफ्नो मुलुक पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिने समय आएको बताएका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बिहीवार किएभको भ्रमण गर्दा जेलेन्स्कीले यो बयान दिएका हुन् । दुईजनाको संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले लिथुएनियाको राजधानी भिल्नियसमा आगामी जुलाईमा हुने बैठक ऐतिहासिक बन्न सक्ने बताए । आफूलाई त्यसमा सहभागी हुन भनिएको जानकारी पनि उनले दिए ।
‘शिखर सम्मेलनमा गरिएको आमन्त्रणका लागि म आभारी छु तर युक्रेनलाई सदस्य बनाउने निम्तो आउनु पनि महत्त्वपूर्ण छ,’ उनले बताए ।
‘नेटो गठबन्धनमा युक्रेनलाइृ निम्ता दिन कुनै बाधाअवरोध छैन र नेटो सदस्य मुलुकका अधिकांश जनता अनि बहुसंख्यक युक्रेनीहरू नेटोको सदस्य बन्न इच्छुक छन्,’ उनले थपे ।