०१ असार २०८३, सोमबार

उपनिर्वाचनको मौनअवधि सुरु, के-के गर्न पाइँदैन ?

उपनिर्वाचनको मौनअवधि सुरु, के-के गर्न पाइँदैन ?

आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौनअवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो ।  चैत २४ गतेदेखि नै आचारसंहिता जारी गरेको आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था रहेको जनाएको छ । 

उक्त व्यवस्थाबमोजिम बिहीबार राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । 
उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्नसमेत निषेध गरिएको पौडेलले बताए ।

 यो अवधिमा निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न पनि आयोगले सचेत गराएको छ । 
आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्