१५ असार २०८३, सोमबार
एसीसी प्रिमियर कप

ओमानविरुद्ध नेपाली पारी फेरि संकटमा, भीम सार्की पनि आउट​

ओमानविरुद्ध नेपाली पारी फेरि संकटमा, भीम सार्की पनि आउट​

एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

भीम सार्की ३३ रन बनाएर आउट भएका छन् । ५६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए । यसक्रममा  ३४ बल खेलेका रोहितले २ चौका प्रहार गरे ।​

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।

यो समाचार तयार पार्दा २१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७६ रन जोडेको छ ।

भीम सार्की आरिफ शेख १६ र आरिफ शेख ४ रन बनाएर खेलिरहेका छन् ।

खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्