०९ साउन २०८३, शनिबार

आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै चेन्नईको जीत

बैशाख ९, २०८०
आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै चेन्नईको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको हैदराबादले चेन्नईसामु १३५ रनको लक्ष्य बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

शुक्रवारको जीतसँगै चेन्नईले ६ खेलमा ४ जितेर ८ अंक बनाएको छ । चेन्नई अंक तालिकाको ३ नम्बरमा छ ।

चेन्नईका लागि ओपनर ब्याट्स म्यान ऋतुराज गायकवाड र डेवन कनवेले सानदार शुरूआत गरे । दुवैले ११ ओभरमा ८७ रन बनाएर टीमलाई लक्ष्यनजिक पुर्‍याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्