१२ साउन २०८३, मंगलबार

विराटनगरमा फेरि किन भयो झडप ?

विराटनगरमा फेरि किन भयो झडप ?

विराटनगरमा पहिचानवादी र प्रहरीबीच शनिबार  पनि झडप भएको छ  । कोशी नाम खारेजको माग गर्दै आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा मृत्यु भएको थियो ।उनको शब यात्राका क्रममा झडप भएको हो ।

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए ।

लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।

शब प्रदर्शनका क्रममा ब्यारिकेड तोडेर प्रदर्शनकारी अगाढि बढ्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ । 

लाजेहाङको शब भने घरमा ल्याइदै छ ।उनको घर मोरङको बेलबारी हो ।

salt training

कमेन्ट गर्नुहोस्