०१ असार २०८३, सोमबार

नेकपा एसका केन्द्रीय नेता एमालेमा, ओलीले गरे स्वागत

नेकपा एसका केन्द्रीय नेता एमालेमा, ओलीले गरे स्वागत

पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका ३० बढी केन्द्रीय र जिल्ला स्तरका नेता एमालेमा प्रवेश गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अध्यक्ष केपी ओलीले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् । यसरी एमाले प्रवेश गर्ने प्रभावशाली नेतामा मुकुन्द न्यौपाने र चुडामणि जंगलीसहितका छन् । 

कार्यशैली ठीक नभएको भन्दै उनीहरूले नेकपा एस परित्याग गरेका थिए ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अन्य नेताहरूलाई पनि ओलीले प्रवेश गराएका छन् । 

शान्ता आचार्य,  मुना वानियाँ, तोरणबहादुर केसी, माया अधिकारी, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, दलबहादुर केसी, भिमकान्त पोखरेलसहितका छन् । 

salt training

कमेन्ट गर्नुहोस्