११ असार २०८३, बिहीबार

संसदमा भ्रष्टको लफडा

कात्तिक २०, २०७४
संसदमा भ्रष्टको लफडा
काठमाडौं, १७ भदौ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भ्रष्टाचार एवं नैतिक पतन प्रमाणित भएमा व्यक्तिलाई उम्मेदवार हुनबाट रोक्नुपर्नेमा सांसदहरूले आवाज उठाएका छन्, आजको अन्नपूर्णमा खबर छ ।
लामो समयको अन्तरालपछि बसेको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा सांसद्हरूले हालसम्म भएका राजनीतिक परिवर्तनको उद्देश्य भ्रष्टाचार, नैतिक पतन भएकाहरूलाई चोख्याउन निर्वाचनलाई प्रयोग गर्न नहुनेमा जोड दिए ।sansad_1
भ्रष्टाचार तथा नैतिक पतन भएकाहरूको संरक्षण गरिँदा राजनीतिक दल, राज्य सञ्चालनको नेतृत्वकर्ता तथा प्रजातन्त्रका लागि बलिदान गर्नेहरूलाई राजनीतिबाट अलग हुनुपर्ने अवस्था आउनेतर्फ सतर्क हुन उनीहरूले आग्रह गरेका छन् ।संसद्मा विचाराधीन निर्वाचनसम्बन्धी विधेयकमा कांग्रेसका सांसदहरूले भ्रष्टाचार तथा नैतिक पतनमा तीन वर्ष सजाय काटिसकेका व्यक्तिलाई निर्वाचन लड्न दिनुपर्ने भन्दै संशोधन राखेपछि विधेयक लामो समयदेखि अनिर्णीत छ ।

salt training

कमेन्ट गर्नुहोस्