११ असार २०८३, बिहीबार

अमेरिकाको टेक्ससमा गाईहरूमाथिको अत्याचार जारी

बैशाख १०, २०८०
अमेरिकाको टेक्ससमा गाईहरूमाथिको अत्याचार जारी

अमेरिकाको टेक्सस राज्यमा ६ वटा गाई जिभ्रो काटिएको अवस्थामा मृत भेटिएपछि अनुसन्धान शुरू गरिएको अधिकारीहरूले बताएका छन् । 

म्याडिसन काउन्टीमा बुधवार ६ वर्षीया एक गाई जिभ्रो काटिएको अवस्थामा फेला परेको थियो । कुनै पनि रगत नचुहिएको अनि सर्जनले काटे जस्तो गरी जिभ्रो छिनाइएको शेरिफको कार्यालयले जनाएको छ । 

लङहर्न–क्रस गाईको मृत्युको अनुसन्धान गर्दै गर्दा अन्य पाँच गाई पनि यस्तै वीभत्स तरिकाले मारिएको पाइएका थिए । ती गाईहरू फरक फरक ठाउँ र बथानका थिए । 

दुईवटा गाईको मलद्वार र योनि पनि निकालिएको थियो । 

गाई छटपटाएको वा रगत चुहिएको निशाना नदेख्दा आश्चर्य मानिएको छ । 

यसअघि टेक्ससको फेमिली फार्ममा आगलागी हुँदा १८ हजार गाई डढेर मरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्